युवती जवरजस्ती करणी गर्ने मकवानपुरका गोलेलाई १० वर्ष कैद फैसला

मकवानपुर । बौद्धिक अपांगता भएकी एक युवतीलाई जवरजस्ती करणी गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक पुरुषलाई १० वर्ष कैद सजायको फैसला गरेको छ ।
मंगलबार जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले मकवानपुरको बकैया गाउँपालिका–३ बस्ने ५० वर्षीय चतुरमान गोलेलाई १० वर्ष कैद सजायको फैसला गरेको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।
अदालतका अनुसार, युवतीलाई जवरजस्ती करणी गरेकोमा ७ वर्ष र बौद्धिक अपांगता भएकीलाई बलात्कार गरेकोमा ३ वर्ष गरी गोलेलाई १० वर्ष कैद फैसला गरिएको हो ।
साथै अदालतले गोलेलाई ३ लाख रुपैयाँ जरिवानासहित ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने आदेश पनि दिएको छ ।
२०८० पुस २६ गते गोलेले युवतीलाई जवरजस्ती करण गरेका थिए । गोले पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदीमा रहेका छन् ।