बकैयामा निःशुल्क आँखा शिविर

तु खबर संवाददाता
२०८१ असार ३१,आईतवार १०:१७

मकवानपुर । पूर्वी मकवानपुरको बकैयामा शनिबार निःशुल्क आँखा शिविर भएको छ । बकैया गाउँपालिका वडा नं. ५ को आयोजनामा राजदमार स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क आँखा शिविर भएको हो ।

शिविरमा ८० जनाले निःशुल्क आँखा परीक्षण गराएका थिए । शिविर बकैया–४ का ३ जना, ७ नं. वडाका ४ जना र ५ नं. वडाका ७२ जनाले आँखा परीक्षण गराएका हुन् ।

शिविरमा आँखा परीक्षण गरिएकामध्ये १६ जनाको शल्यक्रिया गर्नुपर्ने देखिको बकैया गाउँपालिका वडा नं. ५ का सचिव देवराज लामिछानेले जानकारी दिए ।

उनीहरूको आँखाको एकहप्तापछि राजदमार स्वास्थ्य सेवा केन्द्रमा अप्रेसन गरिने उनले बताए । सफल फार्मेसी तथा आँखा क्लिनिक, आँखा अस्पतालका डा. रमेश अधिकारी सहितको टिमले आँखा परीक्षण गरेका थिए ।

बकैया गाउँपालिका वडा नं. ५ अध्यक्ष लक्ष्मी जिम्बाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सोम बहादुर माझी, बकैया गाउँपालिका महिला तथा बालबालिका इकाई प्रमुख होमकुमारी संजेल, वरिष्ठ लघुउद्यम सहजकर्ता विकास श्रेष्ठ, राजदमार स्वास्थ्य सेवा केन्द्र इन्चार्ज सम्झना राना लगायतकाको उपस्थिति रहेको थियो ।