बाढीले बगाउँदा मकवानपुरकी तितुङ बेपत्ता

तु खबर संवाददाता
२०८१ भाद्र १७,सोमबार १५:०२

मकवानपुर । बाढीले बगाएर मकवानपुरकी नानिमाया तितुङ बेपत्ता भएकी छन् ।

जिल्लाको बकैया गाउँपालिका वडा नम्वर ६ कैलेनी खोला तर्ने क्रममा एक्कासी बाढी आएर बगाउँदा उनी बेपत्ता भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, हिजो आइतबार दिउँसो बाराको निजगढ नगरपालिका वडा नम्वर १०, लालस्थित रहेको आफ्नै घर–पसलबाट आफ्नो घर फर्कने क्रममा उनलाई बाढीले बगाएको हो ।

इलाका प्रहरी कार्यालय निजगढबाट पहरी निरीक्षकको कमाण्डमा सशस्त्र प्रहरीसहितको टोली खटि गई उनको खोजीकार्य जारी राखेको जनाइएको छ ।