लागूऔषधसहित दुई जना मकवानपुर प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ पुष २१, बिहीबार १७:४६

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित आज बिहान एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कबाट लागूऔषध गाँजा २.५ र २.५ किलोसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर ७ लक्षिमि टोल बस्ने २० वर्षीय पवन कुमार श्रिवास्तब र अन्दाजी १७ वर्षीय अजय माझी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, बिहान साढे ९ बजेको समयमा पैदल हिडीरहेका उनीहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त परिमाणको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई प्रहरी चौकी बपिार्कबाट खटिएको प्रहरी सहायक निरीक्षक नबिन बिक्रम थापाको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।