बाम एकताका लागि एकीकृत समाजवादीद्वारा कार्यदल गठन
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले बाम एकताको प्रक्रिया अघि बढाउन कार्यदल गठन गरेको छ । बिहीबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले महासचिव बेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलको सदस्यहरूमा नेताहरू गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
उक्त कार्यदलले बाम एकताका लागि वार्ता, संवाद, छलफल र पहलको अगुवाइ गर्नेछ ।
