समाचार

महान फुटबलर पेलेको निधन

काठमाडौं । ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को निधन भएको छ । पेलेको ८२ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो । मृगौला र प्रोस्टेट रोगबाट ग्रसित पेलेको उपचारका क्रममा साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । पेले उपचारका लागि एक महिनाअघि अस्पताल...

आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागमा हुस्सु लागेको छ । आज दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...

आज तमु ल्होसार पर्व मनाउँदै, देशभर सार्वजनिक विदा

काठमाडौं । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक पुस १५ मा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका...

प्रभावकारी भएन अनलाइन सरुवा प्रणाली

काठमाडौं । सरकारले कर्मचारी सरुवासम्बन्धी कामलाई पारदर्शी र सहज बनाउने उद्देश्यले तीन वर्षअघि सुरु गरेको अनलाइन सरुवा प्रणाली क्रमशः भौतिक सरुवा प्रणालीतिरै फर्कन थालेको छ । कर्मचारीले सरुवाका लागि अनलाइनको माध्यमबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आवेदन पठाए पनि पुनः हातमै लिएर आवेदनकर्ता स्यवं मन्त्रालय धाउन थालेका छन्।...

वडास्तरीय कार्यक्रम कार्यान्वयनमा हेटौंडा–१४ प्रथम

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ वडास्तरीय कार्यक्रम कार्यान्वयनमा प्रथम भएको छ । चालु आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक वडास्तरीय कार्यक्रम कार्यान्वयनमा ९७.३८ प्रतिशत वित्तीय प्रगति हाँसिल गरी हेटौंडा–१४ प्रथम भएको हो । हेटौंडा उपमहानगरपालिको १२ औं नगरसभाको अवसरमा बिहीबार उपमहानगरका १९ वटा वडामध्ये हेटौंडा–१४ लाई प्रथम...

हेटौंडामा सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम हुने

मकवानपुर । मकवानपुर तामाङ कलाकार संघले २८५९ औं ह्योयी/तावार ल्हो (खरायो वर्ष) सोनाम ल्होछारको अवसरमा भवन निर्माण सहयोगार्थ साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत संघका महासचिव रविन्द्र थिङले आगामी माघ ८ गते भवन निर्माण सहयोगार्थ साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी गराएको हो । उनले...

हेटौंडा उपमहानगरपालिकाद्वारा संघ र प्रदेश सांसदको स्वागत

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा मकवानपुरबाट निर्वाचित प्रधिनिधिसभा र प्रदेशसभाका सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ । उपमहानगरपालिकाले बिहीबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई स्वागत तथा सम्मान गरेको हो । सो क्रममा मकवानपुर क्षेत्र नम्वर–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद महेश कुमार बर्तौलाले...

माओवादी बागमती प्रदेश संसदीय दलको नेता भोलि चयन गर्ने

मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको नेता भोलि चयन गर्ने भएको छ । काठमाडौं आनन्द भूमि इभेन्ट्स पार्टी प्यालेसमा दलको भोलि बिहान १० बजे बोलाएको बैठकबाट दलको नेता चयन गर्ने सांसद गंगानारायण श्रेष्ठले जानकारी दिए । दलका नेता हुन सांसद शालिकराम जमरकट्टेल र सरल सहयात्री पौडेल...

३७ हजारले भरे ईपीएसको आवेदन

काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत कोरिया जान ३७ हजारभन्दा बढीले आवेदन दिएका छन् । सन् २०२२ कै लागि कृषि तथा पशुपालन क्षेत्रतर्फ थप गरिएको ६ हजार कोटामा ३७ हजार २७७ जनाले आवेदन दिएको इपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिएको छ । उनका अनुसार, यही पुस...

प्रभु साहको नेतृत्वमा नयाँ पार्टी गठन

काठमाडौं । एमाले छाडेर स्वतन्त्र निर्वाचन लडेका प्रभु साहले नयाँ पार्टी गठन गरेका छन् । रौतहट–३ बाट प्रतिनिधिसभामा निर्वाचित साहले आफ्नो अध्यक्षतामा आम जनता पार्टी गठन गरेका हुन् । बिहीबार काठमाडौंमा भेला गरेर ५१ सदस्यीय तदर्थ समिति गठन गरिएको सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पार्टीले प्रदेश अध्यक्ष,...