समाचार
ए डिभिजन लिग फागुन १९ गतेबाट हुने
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फागुन १९ गतेबाट हुने भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबबीच भएको बैठकले उक्त निर्णय गरेको हो । लिग डबल राउन्ड रोबिन फर्म्याटमा खेलाइनेछ । बैठकमा सबै ए डिभिजन क्लबका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो...
बागमती प्रदेशसभा : ७० वटा विधेयक पारित
मकवानपुर । बागमती प्रदेशसभाको पहिलो बैठकदेखि १० औं बैठकसम्ममा ७० वटा विभिन्न प्रकारको विधेयक पारित गरिएको जनाएको छ । बिहीबार प्रदेशसभा सचिवालयद्वारा आयोजित शपथ ग्रहण समारोहमा नवनिर्वाचित सदस्यहरुलाई स्वागत गर्दै प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले सो बारे जानकारी गराएको हो । बागमती प्रदेश सरकारद्वारा दुई वटा ऐनको संशोधन गरिएको...
पूर्व स्वीकृति नलिई शैक्षिक मेला गर्न नपाइने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिले स्वीकृति नलिई शैक्षिक मेला आयोजना नगर्न निर्देशन दिएको छ । मन्त्रालयको उच्च शिक्षा महाशाखा शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले यस्तो निर्देशन दिएको हो । केही संस्था, व्यवसायी र शैक्षिक परामर्शदाता संस्थाले स्वीकृति नलिई शैक्षिक मेला आयोजना गरेको गुनासाहरू आएको भन्दै मन्त्रालयले त्यसमा रोक लगाएको...
बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ
काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका–६ बस्ने ४२ वर्षीय बद्री बोहोरा रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पेप्सीकोटाबाट बुधबार पक्राउ गरेको हो । उनलाई पाटन उच्च अदालतले गत मंसिर १८ गते बैंकिङ...
सन्दीप लामिछानेको निवेदनमा आज सुनुवाइ हुन सकेन
काठमाडौं । पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै सन्दीप लामिछानेले दिएको निवेदनमा आज सुनुवाइ हुन सकेन । लामिछानेको निवेदन उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो । तर, हेर्न नभ्याइनेमा परेको छ । नाबालिका बलात्कारको आरोपमा लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले...
बिहीबार ५६ अंकले बढ्यो शेयरबजार, ३ अर्बमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयरबजारमा ५६ अंकको बृद्धि आएको छ । अघिल्लो दिन ११ अंकले घटेको नेप्से सूचक आज ५६.८८ अंकले बढेर २०२९ को विन्दुमा कायम भएको छ । लामो समयदेखि १८.१९ सयको विन्दुमा कायम भएको नेप्से इन्डेक्स आज २.८८ प्रतिशतले बढेर २ हजारको विन्दुमा कायम...
दुर्घटनामा परेर ट्याक्टर चालकको मृत्यु
कैलाली । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक गौरीगङ्गा–४ बस्ने २२ वर्षीय गणेश चौधरी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गौरीगङ्गा नगरपालिका–५ मा भएको दुर्घटनामा परेर ट्याक्टर चालक चौधरीको घटनास्थलमै मृत्यु भएको हो । हिलोमा फसेको ट्याक्टरको ट्रली निकाल्ने क्रममा...
थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौं । देशभर थप १४ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८५८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ । यही अवधिमा थप १३ हजार ३३८ जनाले...
डीएसपी ठगबहादुर केसी निलम्बित
काठमाडौं । सुन व्यापारीसँग घुस रकम लिएको आरोपमा पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको प्रहरी स्रोतले बताएको छ । केसीले व्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि...
बागमती प्रदेश प्रमुख शर्माद्वारा प्रदेशसभा बैठक आह्वान
मकवानपुर । बागमती प्रदेश यादव चन्द्र शर्माले यही पुस १८ गतेका लागि प्रदेशसभा बैठक आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती मन्त्रीपरिषद् कार्यालयले सिफारिस गरी पठाए अनुसार बिहीबार एक सूचना जारी गरी प्रदेशसभाको ११ औं अधिवेशन बैठक आह्वान गरेका हुन्...









