प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता, विश्वासको मत दिन सकारात्मक
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बुधबार भेटावार्ता भएका छन् । भेटमा अधयक्ष नेपालमा प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन सकारात्मक भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले यहीँ पुस २६ गते विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री ‘प्रचण्ड’ र नेता नेपालबीचको भेटवार्तामा प्रचण्डले सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए । जवाफमा अध्यक्ष नेपालले पार्टीभित्र सल्लाह गरेर निर्णय गर्ने बताएका थिए ।
प्रचण्डसँगको भेटवार्तापछि अध्यक्ष नेपालले भने,‘ उहाँ (प्रचण्ड) ले विश्वासको मत दिन आग्रह गर्नुभयो । मैले हामी यसबारेमा पार्टीमा छलफल गर्छौ भन्ने जवाफ दिएँ ।’
