समाचार
बागमती प्रदेशसभाका सदस्यद्वारा शपथ ग्रहण
मकवानपुर । बागमती प्रदेशसभाका १०९ जना सदस्यहरुले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बागमती प्रदेशसभा सचिवालयमा भएका एक समारोहकाबीच उनीहरुले शपथ ग्रहण गरेका हुन् । उनीहरुलाई ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले शपथ ग्रहण गराएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, उक्त कार्यक्रममा १५ जना सांसदले आफ्नो...
बागमती प्रदेश – एमाले संसदीय दलको नेतामा थपलिया निर्विरोध
हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा चितवनका जेएन थपलिया निर्विरोध निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा उनी संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका हुन् । बागमतीमा नेकपा एमालेको २७ जना प्रदेशसभा सदस्य रहेका छन् । थपलियाका विरुद्ध एमालेका अन्य कसैको पनि उम्मेदवारी परेको थिएन ।...
अपहरण गरी फिरौती मागेको आरोपमा एक पक्राउ
काठमाडौं । महोत्तरीमा अपहरण गरी फिरौती मागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार मधुवनी पंचायत बेता पर्सा–१ का ४८ वर्षीय महमद मुखतर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पिपरा गाउँपालिका–५ चाँदनी चौकस्थितबाट लहान नगरपालिका–३ मा बस्ने ४० वर्षीय मोहम्मद इसराक सिद्दिकी अपहरणमा...
स्वतन्त्र सांसद कुशवाहा माओवादी केन्द्रमा प्रवेश
काठमाडौं । मधेस प्रदेश सभामा सर्लाही ३ (क) बाट निर्वाचित स्वतन्त्र सांसद् जवाहरलाल कुशवाहा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादीबाट बागी उम्मेदवारी दिएर विजयी कुसहवा पुनः पार्टीमै फकिएका हुन् । उनलाई बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन्...
अमेरिकाले चिनियाँ आगमनमा प्रतिबन्ध लगाउने
काठमाडौं । बेइजिङले अर्को महिना आफ्नो सीमाना फेरि खोल्ने घोषणा गरेपछि अमेरिकाले चिनियाँ आगमनमा नयाँ कोभिड प्रतिबन्ध लगाउने भएको छ । चीनमा भाइरस वरपर पारदर्शिताको अभावको कारणले गर्दा केसहरू बढ्दै गएको चिनियाँ अधिकारीहरुले बताएका छन् । संक्रमण निर्यात हुन सक्नेमा चिन्तित बनेका जापान, मलेसिया र ताइवान पहिले नै नकारात्मक...
राप्रपा केन्द्रीय कार्यसमितिको पूर्ण बैठक फागुनमा हुने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक फागुनमा हुने भएको छ । बुधबार सम्पन्न केन्द्रीय कायसम्पादन समितिको बैठकले केन्द्रीय समितिको बैठक फागुनको पहिलो साता बोलाउने निर्णय गरेको हो । बैठकले पौस २७ गते पृथ्वी जयन्ती देशका सबै जिल्ला कार्यसमितिको आयोजनामा विभिन्न कार्यक्रम गरी मनाउने निर्णय पनि...
सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा जारी
काठमाडौं । सत्ता गठबन्धन दलहरुको बैठक बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित सरकारलाई समर्थन गरेका दलका शीर्ष नेता सहभागी भएका छन् । मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँट गर्न शीर्ष नेताहरुको बैठक बसेको हो । बैठकमा संघीय सरकारको मन्त्रिपरिषद् विस्तारका साथै प्रदेश सरकार गठनको...
चलचित्र तिम्रो मेरो साथको टोली हेटौंडामा
मकवानपुर । नेपाली चलचित्र तिम्रो मेरो साथको निर्माण तथा कलाकार टोली बुधबार हेटौंडा आइपुगेका छन् । यही पुस २९ गते नेपालसहित विभिन्न देशहरुमा एकसाथ प्रदर्शनको तयारीमा रहेको चलचित्र तिम्रो मेरो साथका निर्देशक तथा निर्माता रमेश पौडेल, कलाकारहरु सन्दिप क्षेत्री, पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहसहितको टोली हेटौंडा आएका हुन्...
एमाले बागमती संसदीय दलको निर्वाचन आज हुँदै
मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको निर्वाचन आज हुँदैछ । निर्वाचन हेटौंडास्थित पार्टी कार्यालयमा हुने भएको हो । एमालेका केन्द्रीय सदस्य समेत रहेका जगन्नाथ थपलीया सर्वसहमतीबाट बागमती प्रदेशको संसदीय दलको नेतामा चुनिने सम्भावना रहेको छ । बागमती प्रदेशमा एमालेले मुख्यमन्त्रीको लागि दावी गरेको छ । थपलीया केपी...
विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार
काठमाडौं । एमाले माओवादीलगायतका सात दलीय गठबन्धनको नयाँ सरकारलाई मन्त्रिपरिषद विस्तारमा सकस परेको छ । सरकारमा सहभागी सबै दलबाट मन्त्री बन्नेहरुको आकांक्षी अत्यधिक भएपछि मन्त्रिपरिषद विस्तारमा सकस परेको हो । धेरै सांसदहरु मन्त्रीको आकांक्षी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको बताइएको...










