कांग्रेस संसदीय दलको बैठक पुस २३ मा बस्दै
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक यही पुस २३ गते बस्ने भएको छ । प्रतिनिधि सभाको अधिवेशन पुस २५ मा बोलाइएपछि त्यसको दुई दिनअघि कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो ।
बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
