खेतमा महिलाको शव फेला
जनकपुरधाम । धनुषामा एक भारतीय महिलाको शव फेला परेको छ । जनकनन्दिनी गाउँपालिका वडा नम्बर–१ स्थित स्थानीय मनोज यादवको खेतमा एक भारतीय नागरिकको शव फेला फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार, अन्दाजी ५५ वर्षीया महिलाको शव फेला परेको हो । उनको सनाखत हुन सकेको छैन । मृतक महिलाको झोलामा कागजको टुक्रामा भारतीय नम्बर फेला परेको छ ।
सो नम्वरमा फोन गर्दा भारतको मुज्जफरपुर बस्ने महिला रहेको बुझिएको धनुषा प्रहरीले जनाएको छ । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।
