पाकिस्तानमा भारतको मिसाइल आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

तु खबर संवाददाता
२०८२ बैशाख २४,बुधबार ०७:४७

काठमाडौं । भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गरेको छ । सो आक्रमणमा कम्तीमा ३५ जनाको मृत्यु भएको अन्र्तर्राष्ट्रिय सञ्चार माद्यमहरुले जनाएका छन् । १५ दिनअघि जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिशोध स्वरुप पाकिस्तानमाथि आक्रमण भएको हो ।

भारतले सो आतंकवादी आक्रमणमा आतंकीहरुलाई पाकिस्तानले संरक्षण गरेको आरोप लगाएको छ । यद्यपी पाकिस्तानले यी सबै आरोपको खण्डन गर्दै आफ्नो देशमाथि भएको आक्रमणको जवाफ दिने बताएको छ ।

भारतीय सञ्चार माद्यम द भाष्करका अनुसार भारतले आतंकवादीहरुलाई लक्षित गरी मुजफ्फराबाद, बाघ, गुलपुर, कोटली, भीमबेर, सियालकोट, मुरिदके, चक अमरु र बहावलपुरमा एयरस्ट्राइक गर्दा ३० जनाको मृत्यु भएको जनाएको छ ।

आतंकवादी ठेगानाहरुमा आक्रमण गरेको भारतको दावी भएपनि पाकिस्तानले यसलाई अस्वीकार गरेको छ । सर्वसाधारणको वस्तीमा भारतले आक्रमण गरेको बताउँदै अन्र्तराष्ट्रिय मिडियाहरुलाई घटनास्थल आएर हेर्न पाकिस्तानले आग्रह गरेको छ ।