समाचार
बुधबार नेप्से परिसूच्क घट्यो, २ अर्बमाथिको कारोबार
काठमाडौं । केही दिनदेखि लगातार उच्च अंकले बढेको नेप्से सूचक आज फेरी घट्न पुगेको छ । साताको चौथो दिन नेप्से परिसूचक ११.८१ अंकको अंकले घटेर १९७२ विन्दुमा कायम भएको छ । अघिल्लो दिन करिब ४ अर्बको हाराहारीमा कारोबार भएको पुँजीबजारमा आज सवा २ अर्बमाथिको कारोबार भएको छ । नेप्सेमा...
मान्डु हाइड्रोपावरले दियो आइपीओ निष्काशन गर्न बोर्डमा आवेदन
काठमाडौं । मान्डु हाइड्रोपावरले आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ निष्काशन गर्न धितो बोर्डमा आवेदन दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी अंकित मूल्य १०० रुपैयाँमा १४८ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २४८ रुपैयाँमा आइपीओ बिक्री...
माओवादी नेता हरिबोल गजुरेलद्वारा उपराष्ट्रपति पद अस्वीकार
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले उपराष्ट्रपति पद अस्वीकार गरेका छन् । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले गजुरेललाई उपराष्ट्रपति प्रस्ताव गरेपछि उनले सो पद अस्वीकार गरेका हुन् । राष्ट्रपति पदमा एमालेका नेताहरुले इच्छा देखाएपछि माओवादीको भागवण्डमा उपराष्ट्रपछि पद परेपछि प्रचण्डले उनलाई प्रस्ताव गरेका थिए । तर, उनले...
नाबालिका बलात्कारको आरोपमा थापा पक्राउ
काठमाडौं । रुपन्देहीमा १७ वर्षीय नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले मंगलबार एक जनालाइर्ए पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका(१ बेलहियाका २४ वर्षीय सचिन थापा रहेको प्रहरीले जनाएको छ । थापालाई इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित निर्माणाधीन होटेलको कम्पाउण्डभित्र...
कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा लामा
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन् । संसदीय दलको नेता चयनको लागि आज कांग्रेस बागमती प्रदेशको कार्यालय हेटौंडामा सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार, लामा दलको नेतामा निर्वाचित भएका हुन् । लामाले आफ्नो निकटतम प्रतिस्पर्धी ईन्द्रबहादुर बानियाँलाई ५ मतले पराजित गर्दै दलको नेतामा...
बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य ढुंगानाद्वारा शपथ ग्रहण
मकवानपुर । बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच ढुंगानाले पद तथा गोपनीताको शपथ ग्रहण गरेका हुन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८२ को उपधारा (५) बमोजिम ज्येष्ठ सदस्य ढुंगानालाई प्रदेश सभाका...
कांग्रेस बागमती प्रदेश संसदीय दलको मतदान सकियो
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको मतदान सकिएको छ । कांग्रेस बागमती प्रदेश कार्यालय हेटौंडामा स्थापना गरिएको मतदानस्तलमा भर्खरै मतदान सकिएको हो । मतदान प्रक्रिया सकिएको भएपनि कति मत खस्यो भन्ने विषयमा एकिन जानकारी आइनसकेको छैन । उम्मेदवारहरुको सहमतिमा केही बेरमा नै मत गणना प्रक्रिया सुरु गरिने...
बागमतीमा कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको मतदान सुरु भएको छ । मतदानमा कांग्रेसका ३७ प्रदेशसभा सदस्यले दलको नेता छान्न मतदान गर्नेछन् । यसअघि बिहान भएको उम्मेदवारी दर्ताका क्रममा मकवानपुरबाट ईन्द्रबहादुर बानियाँ र बहादुर सिंह लामाले दलको नेतामा उम्मेदवारी दर्ता गरेका थिए । संसदीय दलको नेता रहेका बानियाँ...
कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा लामाको उम्मेदवारी दर्ता
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर सिंह लामाले उम्मेदवारी दर्ता गराएका छन् । संसदीय दलको नेता चयनको आज हुने निर्वाचनका लागि लामाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । लामाले कांग्रेस बागमती प्रदेशको कार्यालय हेटौंडामा गएर उम्मेदवारी दर्ता गराएका हुन् । लामाको प्रस्तावकमा कुन्दनराज काफ्ले रहेका...
ईन्द्र बानियाँद्वारा कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दर्ता
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराएका छन् । संसदीय दलको नेता चयनको आज हुने निर्वाचनका लागि बानियाँले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । बानियाँले कांग्रेस बागमती प्रदेशको कार्यालय हेटौंडामा गएर उम्मेदवारी दर्ता गराएका हुन् । बानियाँको समर्थनमा छिरिङ दोर्ज लामा र...








