राहदानी वितरण बन्द

तु खबर संवाददाता
२०७९ पुष १९, मंगलवार १५:३३

काठमाडौं । राहदानी विभागले सिस्टममा समस्या आएको भन्दै राहदानी वितरण बन्द गरेको छ । विभागका प्रवक्ता दुरपदा सापकोटाले एक सूचना जारी गर्दै राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएको जानकारी गराइएकी हुन् ।

विभागले सो समस्या समाधानका लागि निरन्तर काम गरिरहेको र सिस्टम पूर्ण रुपमा संचालन हुन केही समय लाग्ने उनले बताइन् ।

विभागले अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन पनि सबैलाई आग्रह गरेको छ । तर, राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीको बुक गरेको मितिमा बायोमेट्रिक भने संकलन हुने विभागको भनाइ छ ।