समाचार
कांग्रेसबाट निर्वाचित गुरुङको सांसद पद निलम्बन
काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित टेकबहादुर गुरुङको सांसद पद निलम्बनमा परेको छ । गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङको सांसद पद निलम्बनमा परेको हो । सांसद सचिवालयले मंगलबार एक सूचना जारी गर्दै विशेष अदालतमा सरकारी सम्पत्ति हिनामिना गरेको अभियोगमा मुद्दा खेपिरहेका...
बागमती प्रदेशद्वारा बिउपुँजी योजना अन्तरगत ५५ करोड विनियोजन
मकवानपुर । बागमती प्रदेश सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउपुँजी उपलव्ध गराउने योजना अन्तर्गत रु ५५ करोड विनियोजन गरेको छ । मन्त्रालयले कृषि क्षेत्रको विकास, विस्तार र व्यवसायीकरणका लागि बिउपुँजी योजना अन्तरगत उक्त रकम विनियोजन गरेको जनाएको छ । मन्त्रालयका अनुसार, विनियोजित बजेट कार्यान्वयनका लागि बिउपुँजी परिचालन कार्यविधि...
थाहा नगरपालिका–९ मा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुँदै
मकवानपुर । मकवानपुरको उत्तरी थाहा नगरपालिका वडा नं.–९ चित्लाङमा यही पुस २७ गतेदेखि जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । स्वच्छन्द्र भैरब युवा क्लव आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको लागि पुस २६ गतेसम्म टिम दर्ता गर्नुपर्ने स्वच्छन्द्र भैरब युवा क्लवका अध्यक्ष पुण्यमान बलामीले जानकारी दिए...
राष्ट्रपति र उपराष्ट्रपति चुनावको मिति तोक्ने निर्वाचन आयोगको तयारी
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति चुनावको मिति तोक्ने तयारी गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिना अघि निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । उनका अनुसार, वर्तमान राष्ट्रपतिको...
प्रदेश–१ : माओवादी केन्द्र संसदीय दलको नेतामा आङ्बो
विराटनगर । नेकपा माओवादी केन्द्रको प्रदेश १ को प्रदेशसभा संसदीय दलको नेतामा ईन्द्रबहादुर आङ्बो चयन भएका छन् । मंगलबार बसेको प्रदेशसभा संसदीय दलको बैठकबाट आङ्बो दलको नेता चयन भएका प्रदेशसभा सदस्य गणेश उप्रेतीले जानकारी दिए । उप्रेतीका अनुसार, प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री आङ्बो यसअघि पनि संसदीय...
राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपतिले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यलाई सम्बोधन गर्दै आगामी पुस २५ गते सोमबार दिनको १ बजे बस्ने गरी अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयबाट पठाइएको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम सम्वत् २०७९...
मंगलबार पनि शेयरबजारमा उच्च अंकको वृद्धि
काठमाडौं । आज साताको तेस्रो शेयरकारोबार अर्थात मंगलबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । आज नेप्से सूचक ५९.८७ अंकले बढेर १९८३ को विन्दुमा पुगेको छ । अघिल्लो दिन ५६ अंकले बढेको नेप्से सूचक आज ५९ अंकले बढ्न पुगेको छ । आज शेयरबजारमा करिब ४ अर्बको कारोबार हुन...
लागूऔषध कोरेक्ससहित एक जना पक्राउ
सिन्धुली । अवैध लागूऔषध कोरेक्स जस्तो देखिने पदार्थ एक लिटरसहित सिन्धुलीबाट सोमबार राति प्रहरीले एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–१० का ३३ वर्षीय पूर्णबहादुर घिमिरे रहेका छन् । घिमिरेलाई सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सिन्धुलीबाट खुर्कोटतर्फ आउँदै...
डीएसपी केसीलाई निलम्बन गर्न गृह मन्त्रालयलाई सिफारिस
काठमाडौं । सुन व्यापारीसँग घुस रकम लिएको आरोपमा पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफरिस गरेको छ । केसीले ब्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल...
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं । नेपाली कांग्रेसले यही पुस २२ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । मंगलबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी पुस २२ गते दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने जानकारी गराएका हुन् । बैठकमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक...










