समाचार

जसपा संसदीय दलको निर्वाचन भोलि

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा )ले भोलि बुधबार संसदीय दलको नेता चयन गर्ने भएको छ । जसपाले मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै सो बारे जानकारी गराएको हो । सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार, बुधबार विहान ११ बजेदेखि १२ बजेसम्‍म मनोनयन दर्ता हुनेछ । यस्तै, १२ बजेदेखि दिउँसो १२ः३० बजेसम्म...

सभापति देउवाले भोलि बालुवाटार छोड्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बुधबार बालुवाटार छोड्ने भएका छन् । प्रधानमन्त्री पदबाट मुक्त भएपछि उनी बालुवाटार छोडेर धुम्बाराहीस्थित भाडाको घरमा सर्न लागेका हुन् । बुढानीलकण्ठस्थित देउवाको निवासमा हाल निर्माण कार्य भइरहेकाले उनी भाडाको घरमा सर्न लागेका उनको सचिवालयले जनाएको छ । पुस...

नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी फिर्ता गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले बहालवाला तथा पूर्व कर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी बहालवाला तथा पूर्व कर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहतका...

नक्कली नोट र बाघको हड्डीसहित ५ जना पक्राउ

धनगढी । कैलालीमा नक्कली नोट, बाघको हड्डी र जडिबुडीसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–४ बसपार्क र १३ को राजपुरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साल्ट ट्रेडिङ कर्परेसन अगाडी नक्कली मुद्राको कारोबार भइरहेको सूचनाका आधारमा एक हजारका चार नोटसहित चुरे गाउँपालिका–६ का ५५...

एमाले बागमती संसदीय दलको निर्वाचन पुस १४ गते हुने

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको निर्वाचन यही पुस १४ गते हुने भएको छ । निर्वाचन हेटौंडास्थित पार्टी कार्यालयमा हुने भएको हो । एमालेका केन्द्रीय सदस्य समेत रहेका जगन्नाथ थपलीया सर्वसहमतीबाट बागमती प्रदेशको संसदीय दलको नेतामा चुनिने संभावना रहेको छ । बागमती प्रदेशमा एमालेले मुख्यमन्त्रीको लागि दावी...

मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ५८५५ पुग्यो

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ८५५ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि आईबारसम्मको हो । जसमा ३ हजार २०४ जना पुरुष र २ हजार ६५१ जना महिला रहेका छन् । जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै...

दुर्घटनामा परेर दुई जनाको मृत्यु

बझाङ । बझाङमा सोमबार साँझ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको छविसपाथीभेरा गाउँपालिका–५ थलारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतयु हनुेमा छबिसपाथीभेरा–५ का चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्ना रहेका छन् । प्ररहीका अनुसार, झोलुङ्गे पुलका सामान...

जसपा पनि तत्काल सरकारमा नजाने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । पार्टीले सरकारमा जाने या नजाने विषय राजनीतिक समितिको बैठकपछि मात्र टुंगो लगाउने जानकारी दिएको छ । पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकले जसपा सरकारमा सहभागी हुने या नहुने विषय तय गर्ने बताइएको...

वृद्धि भएको १५ प्रतिशत तलब नलिने मन्त्रीपरिषदको निर्णय

काठमाडौं । सरकारले बजेट वक्तव्यमार्फत चालु आवमा वृद्धि गरेको १५ प्रतिशत तलब प्रधानमन्त्री तथा मन्त्रीहरूले नलिने भएका छन् । आर्थिक वर्ष ०७९–८० को बजेटमा वृद्धि भएको कर्मचारीको तलब भत्ता प्रधानमन्त्री तथा मन्त्रीहरुले नलिने भएका हुन् । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका अनुसार, उक्त निर्णय सोमबार बसेको मन्त्रीपरिषद् बैठकले...

विद्यार्थीलाई दुर्व्यवहार गर्ने तीन शिक्षक पक्राउ

नवलपरासी । विद्यालयले आयोजना गरेको पिकनिकमा मदिरा सेवन गरेर विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गैँडाकोटबाट तीन जना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गैँडाकोटको विजय आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण सापकोटा, कुमार सापकोटा र मदन भट्टराई रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनीहरू गत शनिबार दिउँसो चितवनको कंकाली...