समाचार
काठमाडौंबाट पक्राउ परे मकवानपुरका दुई युवक
मकवानपुर । काठमाडौंको बौद्धबाट चोरी गरेको मोटरसाइकलसहित मंगलबार प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । काठमाडौं जोरपाटीबाट हराएको प्रदेश ३–०२–००९ प ४९ ०९ नम्बरको मोटरसाइकलमा नम्बर परिवर्तन गरी चलाइरहेको अवस्थामा फेला पारी प्रहरीले मकवानपुरका दुई युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुरको झुरझुरे भई काठमाडौं जोरपाटी बस्ने २३...
ब्राउन सुगरसहित चार पक्राउ
कर्णाली । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत बुदबुदीस्थित दिदीबहिनी कटेजबाट आठ पुरिया ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थसहित चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका–८ का १८ वर्षीय मोहन रासकोटी, वडा नं ७ का २३ वर्षीय...
सरकारमा जाने की नजाने भन्नेबारे छलफल गर्न राप्रपाको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको पार्टीका महामन्त्री भुवन पाठकले जानकारी दिए । उनका अनुसार, बैठकमा पार्टीको सरकारमा जाने की नजाने भन्नेबारे छलफल हुनेछ । राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर,...
जसपा संसदीय दलको नेता चयनका लागि आज निर्वाचन
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ । आज साढे २ बजेपछि साढे ३ बजेसम्म मतदान गर्ने र अन्तिम परिणाम घोषणा गरिने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, देशका हिमाली भेगमा आज हिमपातको सम्भावना रहेको छ भने तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । यस्तै, आज दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी...
बागलुङ केन्द्रविन्दु भएर तीन पटक भूकम्प धक्का महसुस
काठमाडौं । बागलुङ जिल्लाका गएराति विभिन्न स्थान भएर भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, गएराति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीन पटक भूकम्पको धक्का महसुस भएको हो । १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केल, २...
कांग्रेसबाट निर्वाचित सांसदहरुलाई हेटौंडामा स्वागत
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले कांग्रेसका तर्फबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित नवनिर्वाचित प्रदेश सभा सदस्यहरुलाई स्वागत गरेको छ । कांग्रेस मकवानपुरले गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा बागमती प्रदेशसभाका लागि कांग्रेसबाट निर्वाचित ३७ जना सदस्यहरुलाई मंगलबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो । कार्यक्रममा कांग्रेस मकवानपुरका सभापति बुद्ध...
कांग्रेस बागमती प्रदेश संसदीय दलको चुनाव आज हुँदै
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको चुनाव आज हुँदैछ । बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि आज चुनाव हुने भएको हो । चुनाव कांग्रेस संसदीय दलको कार्यालय हेटौंडा परिसरमा हुने भएको हो । संसदीय दलको नेता निर्वाचन सम्बन्धी कार्यक्रम अन्तर्गत आज बिहान ८ देखि १० बजेसम्म...
बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य ढुंगानाको शपथ आज
मकवानपुर । बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । ७२ वर्षीय ढुंगानाले बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका हुन् । ढुंगानाले आज शपथ ग्रहण गरेपश्चात प्रदेशका अन्य १०९ जना नवनिर्वाचित सदस्यहरुलाई पुस १४...
हेटौंडामा सूचकको दरबन्दीमा कार्यररत एक जनाको मृत्यु
मकवानपुर । राष्ट्रिय अनुसन्धान कार्यालय हेटौंडामा सूचकको दरबन्दीमा कार्यररत एक जनाको तालिमको क्रममा मृत्यु भएको छ । राष्ट्रिय अनुसन्धानको ईन्टलिजेन्ट शिक्षालयमा पुस ३ गतेदेखि तालिममा सहभागी भएका विवेक साउदको सोमबार मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । उनको राष्ट्रिय अनुसन्धान कार्यालय सिंहदरबारमा दरबन्दी थियो । कञ्चनपुरको भिमदत्त नगरपालिका–२ घर...










