बकैयाको किसानहरुलाई थुनेलो रोग नियन्त्रण सम्बन्धि अभिमुखीकरण

तु खबर संवाददाता
२०७९ पुष १९,मंगलवार ०८:५६

मकवानपुर । बकैया गाउँपालिकाका दुग्ध कृषकहरुलाई थुनेलो रोग नियन्त्रण सम्बन्धि अभिमुखीकरण दिइएको छ । बाग्मती प्रदेश दुग्ध विकास बोर्डले स्थलगत रुपमा बकैया गाँउपालिकाको हात्तीसुडेँमा थुनोलो रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो ।

दूग्ध उत्पादक कृषकहरुसहित सरोकारवालाहरुको उपस्थिती रहेको कार्यक्रममा किसानहरुको प्रमुख समस्या गाई भैंसीमा लाग्ने थुनेलो रोग भएको हुँदा थुनेलोले दुग्ध उत्पादनमा ह्रास आउने मात्र नभई पशुको मृत्यु समेत हुने गरेको बताइएको थियो ।

कार्यक्रम दुग्ध विकास बोर्डका निर्देशक डा. सजिना ज्ञवालीको सभाध्यक्षता एवम् पालिका उपाध्यक्ष भक्तबहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि खत्रीले किसानमैत्री पालिका बकैयामा दुग्ध उत्पादकत्व बढाउन थुनेलो सम्बन्धि कार्यक्रम राख्नाले किसान खुसी भएको बताउँदै यस्ता क्रियाकलाप बढाउन समेत आग्रह गरेका थिए ।

यस्तै, कार्यक्रमका विशेष अतिथि हात्तिसुडेँ दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्ष तोयानाथ दाहालले किसालहरुले कतिपय रोग थाहा नपाउदा पनि बाध्य भएर विभिन्न दुःख पाउनु परेको बताउँदै बोर्डले प्राविधिक सहयोग गरेमा पनि किसान लाभान्वित हुने बताए ।

कार्यक्रममा बकैया गाँउपालिकाका आर्थिक शाखा तथा कृषी अधिकृत अशोक कुमार सिंह, दुग्ध विकास बोर्डका प्राविधिक मोहनकुमार यादवलगायतको सहभागीता रहेको थियो ।

र्बोडले थुनेलो नियन्त्रणका टिट डिप कप, टिटडिप केमिकल किसानहरुलाई हस्तान्तरण गरेको थियो ।