समाचार

विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार

काठमाडौं । एमाले माओवादीलगायतका सात दलीय गठबन्धनको नयाँ सरकारलाई मन्त्रिपरिषद विस्तारमा सकस परेको छ । सरकारमा सहभागी सबै दलबाट मन्त्री बन्नेहरुको आकांक्षी अत्यधिक भएपछि मन्त्रिपरिषद विस्तारमा सकस परेको हो । धेरै सांसदहरु मन्त्रीको आकांक्षी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको बताइएको...

आज यी दुई प्रदेशको हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू–भागमा​ हुस्सु लागेको छ । आज दिउँसो प्रदेश १ र सुदूर पश्चिम प्रदेशका पहाडी...

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद विस्तारका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक आज बिहान ९ बजेबाट बैठक बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । पुस ११ गते प्रधानमन्त्रीसहित माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी बाट ७ मन्त्रीले सपथ लिएका थिए ।...

बागमती प्रदेशसभाका सदस्यको शपथ आज

मकवानपुर । बागमती प्रदेशसभाका सदस्यहरुको शपथ आज हुँदैछ । प्रदेशसभा सचिवालय हेटौंडामा दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । उनीहरुलाई प्रदेशका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले पद तथा गोपनीयताको शपथ गराउने भएका हुन् । ज्येष्ठ सदस्य ढुंगानाले भने बुधबार नै बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माबाट शपथ...

१२ वर्षीय बालकको हत्या गर्ने हेटौंडाका भोम्जन पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले १२ वर्षीय बालकको हत्या गर्ने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं. १६ बस्ने मेघबहादुर थिङको छोरा मुस्कान भनिने सुजन थिङको हत्या गर्ने एक जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नं....

नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले तारकेश्वरबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको आदर्श कोटवाल गाउँपालिका–५ का ४९ वर्षीय पप्पु भन्‍ने शेख निसम अख्तर रहेका छन् । उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटेको विशेष टोलीले नक्कली नोटसहित पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट एक हजार दरका...

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक पुस १६ गते बस्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पुस १६ गते बस्ने भएको छ । राजनीतिक समितिको बैठकमा प्रस्तुत हुने कार्यसूचीहरु तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको नेताहरुले बताएका छन् । जसपाले पुस १८ र १९ गते राजनीतिक समितिको बैठक बोलाएको छ । उक्त...

हेटौंडामा सामुदायिक कुकुरको बन्ध्याकरण शिविर सुरु

मकवानपुर । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाको आयोजनामा बुधबारबाट सामुदायिक कुकुरको दुई दिवसीय बन्ध्याकरण शिविर सुरु भएको छ । उपमहानगरपालिका पशु सेवा शाखाको समन्वय तथा केन्द्रिय रिफरल पशु चिकित्सालय, त्रिपुरेश्वरको प्राविधिक सहयोगमा शिविर सुरु गरिएको हो । शिविर हेटौंडा–९, कर्रास्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ...

हाम्रो नेपाली पार्टी बागमती संसदीय दलको नेतामा बज्राचार्य

मकवानपुर ।  हाम्रो नेपाली पार्टीले बागमती प्रदेशमा संसदीय दलको नेता चयन गरेको छ । पार्टी प्रवक्ता रोहन कार्कीका अनुसार, पार्टीको बागमती संसदीय दलका नेतामा शैलेन्द्र मान बज्राचार्यलाई चयन गरिएको हो । बज्रचार्य गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ (क) बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित...

सरकारमा सहभागी हुने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी हुने निर्णय गरेको छ । पार्टीको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी हुनेबारेमा अनिर्णित हुँदै आएको राप्रपा अब सरकारमा जाने भएको...