यस्तो रहनेछ आजको मौसम

तु खबर संवाददाता
२०७९ पुष २०, बुधबार ०७:५४
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मध्य तराईका धेरै भू–भागहरुमा बाक्लो हुस्सु लागेको छ ।

आज दिउँसो प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने राति प्रदेश १ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हिमाली भू–भागमा हल्का हिमपात र मध्य तराईका धेरै भू–भागहरुमा बाक्लो हुस्सुलाग्ने हुँदा दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।