चरेशसहित एक जना भारतीय नागरिक पक्राउ

तु खबर संवाददाता
२०७९ पुष २०, बुधबार ०८:०२
सांकेतिक तस्बिर

बारा । सशस्त्र प्रहरीले दुई किलो चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी बेलगाँउका ३० वर्षीय राजकुमार रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उनलाई बिओपी कबहीगोठबाट खटिएको सशस्त्र प्रहरीको टोलीले बाराको सुवर्ण गाँउपालिका ३ स्थित सन्तगञ्ज सीमा क्षेत्रबाट पक्राउ गरेको हो । बिआर ०५ एभी ३०४२ नम्वरको भारतीय नम्वर प्लेट भएको मोटरसाइकल चलाएर भारततर्फ जाने क्रममा चेकजाँच गर्दा ४ वटा चरेशको प्याकेट फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

चरेशसहित पक्राउ परेका राजकुमारलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको जनाइएको छ ।