हेटौंडामा दुर्घटना हुँदा दुई जना घाइते

तु खबर संवाददाता
२०७९ पुष १८, सोमबार ०९:५६

मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ रंगशालास्थित गएराति सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

हर्नामाडिबाट चौघडातर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ प १०९३ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनामा परेर घाइते हुनेहरुमा मोटरसाइकल चालक सुर्खेतको बिरेन्द्रनगर नगरपालिका– ३ बस्ने २० वर्षीय अविनाश प्याकुरेल र रुकुमको मुसिकोट नगरपालिका–४ बस्ने २० वर्षीय बिजय लामा रहेका छन् ।

घाइतेमध्ये मोटरसाइकल चालक प्याकुरेलको हेटौंडा अस्पतालमा उपचारपश्चात थप उपचारको लागि गएराति नै चितवनको भरतपुर रिफर गरिएको छ भने अर्का घाइते लामाको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

कार्कीका अनुसार, घाइते दुबै जनाले मापसे गरेको थिए । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।