समाचार
सोमबार ५६.८६ अंकले बढ्यो नेप्से, कारोबार २ अर्बमाथि
काठमाडौं । आज साताको दोस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । लामो समयदेखि गिरावट हुँदै आएको शेयर बजारमा आज हरियाली छाएको हो । आज नेप्से सूचक ५६.८६ अंकले बढेर १९२४ विन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृत २५० कम्पनीको ५६ लाख ५३ हजार ५३ लाख कित्ता शेयर किनबेच हुँदा...
शपथ ग्रहणका लागि शीतल निवास पुगे प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । उनी दौरा सुरुवाल लगाएर शपथ लिन पुगेका छन् । प्रचण्डसँगै राष्ट्रपति भवन शीतल निवासमा ८ जनाले शपथ लिने तय भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुसार, तीन...
प्रचण्डसँगै पौडेल, लामिछाने र श्रेष्ठले पनि शपथ ग्रहण लिने
काठमाडौं । नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँगै उपप्रधानमन्त्रीले पनि शपथ ग्रहण गर्ने भएका छन् । सोमबार नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धन दलको बैठकमा प्रधानमन्त्रीसँगै तीन उपप्रधानमन्त्रीले सपथ ग्रहण गर्ने सहमति भएको हो । स्रोतका अनुसार, तीन उपप्रधानमन्त्रीमा रास्वपाका अध्यक्ष समेत रहेका रवि लामिछाने गृहसहित उपप्रधान, एमालेका उपाध्यक्ष विष्णु...
एमालेबाट ४ जना मन्त्री बन्दै
काठमाडौं । नेकपा एमालेका ४ जना मन्त्री बन्दै्रछ । जसमा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्रीमा पठाउने भएको छ । नेकपा एमालेले पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई आजै सरकारमा सहभागी गराउने तयारी छ । नेकपा माओवादीले नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ ।...
उपप्रधानसहित गृहमन्त्रीमा रवि लामिछानेको दावी
काठमाडौं । राष्ट्रिय स्वतनत्र पार्टीका अध्यक्ष रवि लामिछानेले उपप्रधानसहति गृहमन्त्रीमा आफ्नो दावी रहेको बताएका छन् । यद्यपि कसलाई कुन मन्त्रालय दिने भन्ने प्रधानमन्त्रीलाई जिम्मेवारी दिएको बताएका हुन् । बानेश्वरमा भएको सत्ता गठबन्धनको छलफलपछि प्रतिक्रिया दिँदै अध्यक्ष लामिछानेले आफू आफ्ना एजेण्डासहित सरकारमा जान लागेको बताए । ‘सत्ता साझेदारी हुने, सघाउने...
दुर्घटनामा परेर एक जनाको मृत्यु
पाल्पा । पाल्पामा टिप्परले च्यापेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निस्दी ७ ज्यामिरेको पिपेन्डीस्थित सर्वोत्तम सिमेन्टको खानीबाट चुनढुंगा लोड गरेको टिप्परले च्यापेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सुर्खेतका चिनगाड गाउँपालिकाका २७ वर्षीय जीतबहादुर चलाउने रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।...
उपप्रधानमन्त्री नारायणकाजीलाई बनाउने माओवादीको निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । श्रेष्ठ राष्ट्रिय सभा सदस्य छन् । श्रेष्ठले सम्हाल्ने मन्त्रालय भने टुंगिन बाँकी छ । बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले आफ्नो...
यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले समयमा काम पूरा नगर्ने कम्पनीसँग ठेक्का तोड्यो
मकवानपुर । बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाले तोकिएको समयमा सडक निर्माणको काम पूरा नगर्ने निर्माण कम्पनीसँग ठेक्का तोडेको छ । निर्माण कम्पनी सप्तकोसी जलाधार–ओम साई एन्ड कम्पनी जेभी काठमाडौँसँग सडक ढलान र कालोपत्रे गर्ने निर्माण सम्झौता भएकोमा ढलानको काम सम्पन्न गरी कालोपत्रेको काम अलपत्र पारेपछि निर्देशनालयले निर्माण कम्पनीसँग...
लोक सेवा आयोग हेटौंडाले एकैपटक माग्यो ६२९ जना कर्मचारी
मकवानपुर । बागमती प्रदेश लोक सेवा आयोग हेटौंडाले एकैपटक ६२९ जना कर्मचारी मागेको छ । आयोगले सोमबारको गोर्खापत्र दैनिकमा एक सूचना प्रकाशन गर्दै ठूलो संख्यामा कर्मचारी मागेको हो । प्रदेशका विभिन्न मन्त्रालय, मातहतका कार्यालय र स्थानीय तहका लागि भनेर पाँचौ तहका ६२९ जना कर्मचारी माग गरेको प्रदेश लोक सेवा...
बुस्टर खोप लगाएकालाई थप खोपको मात्रा दिने
काठमाडौं । नेपाल सरकारले बुस्टर खोप लगाएका आफ्ना नागरिकलाई थप खोपको मात्रा दिने तयारी गरेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम फेरि बढ्न सक्ने भन्दै बुस्टर डोज खोप लगाएकालाई थप खोपको मात्रा दिने तयारी गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पहिलो र दोस्रो पूर्ण खोप लगाई...










