प्रहरीद्वारा ९१ किलो लागूऔषध गाँजा बरामद
रौतहट । रौतहत प्रहरीले आईतबार लागूऔषध गाँजा ९१ किलो बरामद गरेको छ । उक्त गाँजा जिल्लाको राजपुर नगरपालिका–१ पिपरा भगवानपुरस्थित पिपरा टोलमा रहेको जेएच १० एक्स ४२१२ नम्बरको गाडीबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले गाडी तलासी गर्दा उक्त गाँजा बरामद गरेको हो । साथै प्रहरीले सोही ठाउँबाट वेवारिसे अवस्थामा बीआर ३० यू ०४७४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
