देशभर २ जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा आइतबार २ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालय अनुसार, सो अवधिमा ३९४ नमूना परीक्षणमा २ जनाका कोरोना पुष्टि भएको हो । आइतबार थप ३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । हाल नेपालमा २९ जना कोरोनाका संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
