पोखरीमा डुबेर बालिकाको मृत्यु
काठमाडौं । इलाममा पोखरीमा आइतबार बिहान डुबेर एक बालिकाको मृत्यु भएको छ । बिहान ८ बजे इलाम नगरपालिका–१, साखेँजुङस्थित पोखरीमा डुबेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, आफ्नै बारीमा भएको पोखरीमा डुबेकी हिमाल दाहालकी २६ महिने छोरी हिमान्सीको मृत्यु भएको हो । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।
