६ लाख १४ हजार १४८ पर्यटक नेपाल भित्रिए

तु खबर संवाददाता
२०७९ पुष १७,आईतवार १७:४८
file photo

काठमाडौं । नेपालमा एक वर्षको अवधिमा ६ लाख १४ हजार १४८ जना पर्यटक भित्रिएका छन् । नेपालमा कोभिड–१९ महामारी सुरु हुनु भन्दा अर्थात् सन् २०१९ को तुलनामा ५१ दशमलव २९ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डका अनुसार, सन २०२२ मा एक वर्षमा ६ लाख १४ हजार १४८ विदेशी पर्यटक भित्रिएका हुन् । जुन सन् २०२१ को तुलनामा ३०९ दशमलव ७५ प्रतिशत र सन् २०२० को तुलनामा १६६ दशमलव ९२ प्रतिशत धेरै हो ।

सन् २०२२ मा सबैभन्दा भारतीय पर्यटक आएका छन् । नेपालमा २ लाख ९ हजार १०५ जना भारतीय पर्यटक भित्रिएका हुन् ।

यस्तै, दोस्रोमा अमेरिकी र तेस्रोमा बेलायती रहेका छन् । ७७ हजार ९ जना अमेरिकी र ४४ हजार ७८१ जना बेलायती पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।