२० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । बैंकले पुस १९ गते बिक्री गर्ने गरी २८ दिने, ९१ दिने र ३६४ दिने तीन किसिमको ट्रेजरीको बोलकबोल गर्ने भएको हो ।
बैंकको सूचना अनुसार सोमबार दिउँसो २ बजे ट्रेजरीको बोलकबोल हुनेछ । इच्छुक खरिदकर्ताले सो समयभित्र अनलाइन आवेदन दिन सकिने जनाइएको छ ।
बैंकका अनुसार, कुल रकम मध्ये १२ अर्ब ७५ करोड रुपैयाँ पुरानो ट्रेजरीको नवीकरण हुनेछ भने ७ अर्ब ५० करोड रुपैयाँ नयाँ बिक्री हुनेछ । जुन ३६४ दिनको ७ अर्ब ५० करोड रुपैयाँ नवीकरण हुनेछ भने २८ दिने र ९१ दिने ट्रेजरीको क्रमशः ५ अर्ब र ७ अर्ब ७५ करोड नयाँ बिक्री हुनेछ ।