समाचार

कारागारमै बोलाए रेशम चौधरीले नागरिक उन्मुक्तिको बैठक

धनगढी । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले सरकारमा सहभागी हुने विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरुलाई कारागार बोलाएका छन् । चौधरीले सोमबार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसहितका शीर्ष नेताहरूलाई डिल्लीबजारस्थित कारागारमा छलफलका लागि बोलाएका हुन् । आईतबार मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा भएको सात...

अमेरिकामा हिम आँधीमा परेर ३८ को मृत्यु

काठमाडौं । उत्तरी अमेरिकामा आएको हिम आँधीका कारण अमेरिका र क्यानडामा अहिलेसम्म कम्तिमा ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ । यस आँधीका कारण अमेरिकामा ३४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीहरुले बताएका छन् । यो आँधीको सबैभन्दा बढी प्रभाव न्युयोर्क राज्यको बफेलो सहरमा देखिएको छ । यसैबीच, क्यानडाको मेरिट...

मन्त्रीबारे छलफल गर्न ११ बजे नयाँ सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक बस्दैछ । नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका ७ दलको बैठक बोलाइएको हो । संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक...

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । धानमन्त्री तथा पार्टी अधयक्ष प्रचण्डको अध्यक्षतमामा बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको हो । बैठकमा विकसित राजनीतिक घटनाक्रमको प्रचण्डले ब्रिफिङ गर्नुका साथै आगामी रणनीति र सरकारी मोर्चामा प्रभावकारी भूमिका खेल्नेबारेमा छलफल केन्द्रीत हुने बताइएको छ । यस्तै, पार्टीबाट मन्त्री बन्नेहरुबारे...

महत्त्वाकाङ्क्षाले कांग्रेस पाँच वर्षअघिकै अवस्थामा

काठमाडौं । संविधानसभाबाट जारी भएको नयाँ संविधानअनुसार पहिलो आम निर्वाचन गराएका कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीलाई हस्तान्तरण गर्दै पाँच वर्षअघि बालुवाटारबाट बाहिरिएका थिए । ओलीले दुईपटक प्रतिनिधिसभा विघटनको प्रयास गर्दा त्यसलाई जोगाउँदै प्रधानमन्त्री बनेका देउवाले मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गराए ।...

हेटौंडाका न्यौपानेलाई चक्कु प्रहार गर्ने दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले चक्कु प्रहार गर्ने हेटौंडाका दुई जनालाई आईतबार पक्राउ गरेको छ । हेटौंडा–२ बस्ने अन्दाजी ३० वर्षीय डानियल न्यौपानेलाई चक्कु प्रहार गरी फरार रहेका हेटौंडाका दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा हेटौंडा–६ कमाने बस्ने ३० वर्षीय अशिम बर्तौला र...

अनि भत्कियो गठबन्धन…

काठमाडौं । सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा गाँठो थियो । राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसले अडान राख्यो । नेकपा माओवादी केन्द्र राष्ट्रपति छाडेर प्रधानमन्त्री लिन मन्जुर थियो । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले बरु राष्ट्रपति छाड्ने तर प्रधानमन्त्री कुनै हालतमा नछाड्ने हठ लिए ।...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सोमबार मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । यस्तै, आज देशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का...

प्रधानमन्त्रीको शपथ आज हुँदै

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएकी हुन् । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण आज अपरान्ह ४...

देउवाको रणनीति यसरी पल्टाइदिए ओलीले

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनपछि धेरैले सोध्ने एउटै प्रश्न थियो ‘सरकारमा जानेबारे एमालेले के सोच्दैछ ?’ उनको जवाफ हुन्थ्यो, ‘अहिल्यै चासो राख्यो भने बाच्छालाई हात्तीको भाउ भन्छन् । चुप लागेर बस्यो भने अन्त्यमा त्यही बाच्छो बोकाको भाउमा पाइन्छ ।’ भयो पनि त्यस्तै, चुप लागेरै गठबन्धन...