एकीकृत समाजवादीको स्थायी समिति आज पनि बस्दै

तु खबर संवाददाता
२०७९ पुष १७, आईतवार ०९:३८

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी समितिको बैठक आज पनि बस्दैछ । यसअघि शनिबार पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले पुनः आज बैठक बस्न लागेको हो ।

शनिबारको बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, बामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल भएको थियो ।

बैठकको सुरुमा अध्यक्ष नेपालले पछिल्लो पटक विकास भएको राजनीतिक घटना क्रममा पार्टीले निर्वाह गर्ने भूमिकाका बारे धारणा राखेका थिए । उनले पार्टीको शक्ति सुदृढीकरणका लागि सशक्त एजेण्डाका साथ देशव्यापी अभियान अगााडि बढाउन नेताहरुलाई निर्देशन दिए ।

आजको बैठकले सरकारमा सहभागीता र पार्टी एकताको विषयमा निर्णय लिने जनाइएको छ ।