हेटौंडा डान्सबारमा मासपे गरी कुटपिट गर्दा तीन जना घाइते
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कस्थितमा रहेको हेटौंडा डान्सबारमा मापसे गरी कुटपिट गर्दा तीन जना घाइते भएका छन् ।
शनिबार अन्दाजी १ः०० बजेको समयमा स्थानीय बस्ने ३७ वर्षीय बिक्रम श्रेष्ठ, आनन्द टोल बस्ने ४१ वर्षीय बिष्णुलाल योन्जन, ३१ वर्षीय निमा योन्जन र हेटौंडा–१ बस्ने ४० वर्षीय सुरेश महर्जनले मापसे गरी कुटपिट गर्दा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा डान्सबार संचालक हेटौंडा–१ बस्ने ४० वर्षीय संजय लामा, डान्सबारका कर्मचारी हेटौंडा–४ बस्ने २४ वर्षीय बिजय कुमार मोक्तान र २८ वर्षीय रोशन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ । प्रहरीले घटनास्थलबाट धारिलो हतियार (चक्कु) थान–१ समेत फेला परेको छ ।
प्रहरीले कुटपिट गर्ने चारै जनालाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।
