प्रदेश १ को प्रदेशसभा बैठक आज

तु खबर संवाददाता
२०७९ पुष १७, आईतवार ०९:५०
file-photo

काडमाडौं । प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले गर्नेछन् । बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ ।

त्यस्तै, प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अङ्गीकार गरी बैठक संचालन गर्न प्रस्ताव प्रस्तुत हुनेछ ।