समाचार
ओलीले सरकारमा सहभागी हुन अफर गरेपछि राप्रपाको आकस्मिक बैठक बस्दै
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले सरकारमा सहभागी हुन अफर गरेपछि राप्रपाले आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा पदाधिकारीसहित सांसदहरुको बैठक बसिरहेको पार्टीका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए । उनका अनुसार, पूर्वध्यक्ष प्रकाशचन्द्र लोहनी, जेष्ठ सांसद पशुपति शमशेर राणासहित पदाधिकारी र सांसदहरु सहभागी रहेको बैठकमा...
एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की
विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कुमार कार्की सर्वसम्मत चयन भएका छन् । आइतबार बसेको बैठकले कार्कीलाई सर्वसहमत चयन गरिएको एमाले प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । एमाले प्रदेशसभा सदस्य तिलकुमार नेम्बङ्को प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्कीलाई दलको नेता चयन गरिएको हो ।...
बालकुमारीमा जसपाको बैठक बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले बैठक बोलाएको छ । सत्ता समीकरण विषयमा एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटको छलफलपछि जसपाले बैठक बोलाएको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवले काठमाडौंमा उपलब्ध कार्यकारिणी समितिका सदस्यहरुलाई पार्टी कार्यालय बालकुमारीमा बोलाएका हुन् । चुनावपछि सत्ता गठबन्धन भत्काएर एमाले, माओवादी केन्द्रसहितको...
गाँजासहित राई पक्राउ
विराटनगर । प्रहरीले ५ किलो गाँजासहित विराटनगरबाट शनिबार साँझ एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–११ का २८ वर्षीय गोरे राई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । राईलाई सादा पोशाकमा खटिएको प्रहरी टोलीले विराटनगर–४ स्थित एयरपोर्ट नहरबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय...
सरकार गठनका लागि दाबी पेस गर्ने मिति आज सकिँदै
काठमाडौं । सरकार गठनका लागि दाबी गर्ने आज अन्तिम दिन । बहुमतसहित सरकारको नेतृत्वको दाबी गरेर आउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज साँझ ५ बजे सकिँदै छ । राष्ट्रपति भण्डारीले यही पुस ३ गते सूचना जारी गर्दै ७ दिनभित्र सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेकी थिइन्...
दुई किलोग्राम युरेनियमसहित तीन जना पक्राउ
बारा । बाराको पथलैया बिरगंज सडकखण्ड अन्तर्गत जीतपुरस्थित एक होटेलबाट सशस्त्र प्रहरीले दुई किलोग्राम युरेनियमसहित तीन जनालाई पक्राउ परेको छ । जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ को जितपुर स्थित आदित्य होटेलबाट शनिवार साँझ सशस्त्र प्रहरीटोलिले युरेनियमसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा जीतपुर सिमरा उपमहानगरपालिका–७ का रबि चौधरी,...
यु–२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल : नेपाल र बंगलादेश सेमिफाइनलमा भिड्दै
काठमाडौं । बंगबन्धु एसियन सेन्ट्रल जोन यु–२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको सेमिफाइनलअनतरगत आईतबार नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । ढाकामा जारी प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहँदै बंगलादेश अन्तिम चारमा प्रवेश गरेको हो । नेपाल लगातार तीन खेलमा पराजित भएपनि सेमिफाइनलमा स्थान बनायो । लिग चरणको पहिलो खेलमा बंगलादेशले...
‘क्रिसमस डे’ ले आपसी सद्भाव बढाउन सहयोग पुग्ने : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले क्रिसमस डे, २०२२ को अवसरमा शुभकामना सन्देश जारी गरेकी छन् । उनले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे‘ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको लागि हार्दिक शुभकामना व्यक्त गरेकी हुन् । ‘यस्ता चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं...
क्रिसमसले भाइचारा, सौहार्दता र राष्ट्रिय एकताको अभिवृद्धिमा मद्दत पुग्ने : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत चाडपर्वलाई आफ्नो संस्कार र संस्कृतिको अभिव्यक्तिका रूपमा उत्साहपूर्वक मनाउँदा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूका बिच आपसी...
आजको मौसम : हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले गण्डकी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतः सफा रहनेछ भने देशका हिमाली भू–भागका...










