समाचार
बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बस्नेतको निधन
काठमाडौं । बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ । बस्नेतको आर्इतबार बिहान ९३ वर्षको उमेरमा निधन भएको हो । भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एमएलएलबीसम्मको अध्ययन गरेका थिए । उनले नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर नेतृत्वदायी भूमिका निभाएका थिए । बस्नेतका २ छोरा...
मकवानपुरका युवक प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले शनिबार अवैध चाँदीसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ बासपानी बस्ने २० वर्षीय सन्तोष मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मगरलाई ईलाका प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव निरीक्षक प्रमे शंकर प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरी...
प्रदेश प्रमुख शर्माद्वारा क्रिसमसको शुभकामना
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आईतबार डिसेम्बर २५ तारिखमा ईसाई धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व ‘क्रिसमस डे’ को अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । प्रदेश प्रदेश शर्माले एक प्रेस विज्ञप्ति जारी गर्दै क्रिसमसको शुभकामना व्यक्त गरेका हुन् । उनले क्रिसमस डेलाई इसाईहरुको महत्वपूर्ण पर्व भएको उल्लेख...
जसपामा संसदीय दलको नेता चयन गर्न समिति गठन
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरेको छ । सो समितिमा मिथलेशकुमार सिंह, दीपेन्द्र झा र अर्जुन थापा रहेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार, संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु भएको र त्यसैका...
सत्ता गठबन्धन दलको बैठक बस्दै
काठमाडौं । नयाँ सरकार गठनबारे छलफलका लागि सत्ता गठबन्धन दलको बैठक बस्दैछ । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार, बैठकमा सत्ता गठबन्धन दलका पहिलो तहका नेता र सहयोगीका रुपमा केही दोस्रो तहका नेताहरूबीच छलफल हुनेछ...
वरिष्ठ संगीतकार किरण प्रधानलाई विजुली माया वन संगीत राष्ट्रिय पुरस्कार
मकवानपुर । भीम विराग संगीत, साहित्य कला प्रतिष्ठान हेटौंडाले यस वर्षको विजुली माया वन संगीत राष्ट्रिय पुरस्कार वरिष्ठ गायक, सङ्गीतकार, लेखक तथा निर्देशक डा. किरण प्रधानलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठाले १४ औं स्मृती दिवसको अवसरमा २०६४ सालमा हेटौंडाका कुशल व्यवसायी, सङ्गीतप्रेमी, समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी ममतामयी आमाको...
स्ववियु निर्वाचन फागुन २८ गते गर्ने तयारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँगको छलफलमा आगामी फागुन २८ गते नै निर्वाचन गर्ने तयारी गरिएको जानकारी दिए ।...
कांग्रेसद्वारा सरकार गठनका लागि हस्ताक्षर संकलन
काठमाडौं । नेपाली कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ । शुक्रबारदेखि नै कांग्रेसले हस्ताक्षर संकलन गर्न थालेको हो । सांसदहरूको औपचारिक बैठक आज बालुवाटारमा बस्दैछ । बैठक आज बस्ने भए पनि शुक्रबार नै केही सांसदलाई खाली पृष्ठमा हस्ताक्षर गराएको थियो । स्रोतका अनुसार, बाँकी रहेका सांसदहरूले...
अमेरिकामा नेपाली दूतावासको गाडी लुटपाट
काठमाडौं । अमेरिकाको ह्यूस्टनमा नेपाली राजदूतावासले कन्सुलर सेवा शिविर सञ्चालनमार्फत जम्मा गरेको रकम लुटिएको छ । राजदूतावासले १५ देखि २० डिसेम्बरसम्म टेक्सासका डालस, अस्टिन र ह्युस्टन सहरमा कन्सुलर सेवा शिविर सञ्चालन गर्दा सेवाग्राहीबाट शुल्कबापत जम्मा भएको ‘मनी अर्डर’ र ‘क्यासिएर चेक’ लुटिएको हो । वासिङटनस्थित नेपाली राजदूतावासले शुक्रबार विज्ञप्ति...
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
चितवन । जबरजस्ती करणी मुद्दाका फरार दुई जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुम चितवन भरतपुर महानगरपालिका–१० बस्ने ३५ वर्षीय अमित पौडेल र भरतपुर महानगरपालिका–२७ बस्ने ५५ वर्षीय प्रेमबहादुर गुरूङ रहेका छन् । उनीहरूलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले चितवन भरतपुरबाट पक्राउ गरेको हो । प्रहरीका...









