हेटौंडा–२ का महिलालाई नेतृत्व तहमा पुर्याउन तालिम

तु खबर संवाददाता
२०७९ पुष १६, शनिबार ०९:४६

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–२ का महिलाहरुलाई हरेक क्षेत्रका नेतृत्व तहमा पुर्याउनका लागि तालिम दिन सुरु गरिएको छ । हेटौंडा–२ वडा समन्वय समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा तीन दिने तालिम शुक्रबारबाट सुरु गरिएको हो ।

हेटौंडा–२ का २० वडा टोल विकास संस्थाका अध्यक्ष, सचिव र वडा समन्वय समितिका पदाधिकारीलाई तालिम दिन सुरु गरिएको हो । हेटौंडा–२ वडा समन्वय समितिका अध्यक्ष मनिषा घलेको अध्यक्षतामा भएको तालिमको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले गरेकी हुन् ।

कार्यक्रममा उपमहानगपालिकाका सामाजिक विकास महासाखाका प्रमुख भिम तिमल्सीना, टोल विकास संस्था नगरसमन्वय समितिका अध्यक्ष धुर्ब अधिकारी, महासचिब शिबहरी दाहाल, गैर सरकारी संस्था महासंघ मकवानपुरका कमल कुमार विश्वकर्मा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।