माओवादी बागमती प्रदेशको बैठक आज पनि बस्दै

तु खबर संवाददाता
२०७९ पुष १६, शनिबार ०८:४७

मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक आज पनि बस्दैछ । संसदीय दलको नेता चयनका बारेमा निर्णय गर्न शुक्रबार काठमाडौंमा बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि पुनः आजको लागि बोलाइएको हो ।

बैठक दिउँसो १ बजे पुनः पेरिसडाँडामा बैठक बस्ने नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले जानकारी दिए । शुक्रबार दलको नेता चयनका लागि भएको छलफलमा कुनै पनि उम्मेदवार पछि हट्ने अवस्था नरहेपछि बैठक निष्कर्ष विहीन बनेको थियो ।

दलका नेताका लागि माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेल र सरल सहयात्री पौडेलबीच प्रतिस्पर्धा हुँदैछ । यद्यपि दलको नेतामा पूर्वमन्त्री युवराज दुलाल शरद र गंगानारायण श्रेष्ठको पनि दाबी रहेको छ । पार्टीले सकेसम्म दलको नेता सर्वसम्मत ढंगले चयन गर्ने तयारी गरिरहेको जनाइएको छ ।