हेटौंडाबाट हराएको स्कुटर र मोटरसाइकल सम्बन्धित धनीलाई बुझाईयो
मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मितिमा हराएको मोटरसाइकल र स्कुटर फेला पारी आइतबार सम्बन्धित धनीलाई बुझाएको छ ।
पुस ११ गते हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित स्वस्तिक होटल अगाडि पार्किङ गरी राखेको प्रकाश गौतमको हराएको बा.प्र.०३–००४ प ९४६७ नम्वरको स्कुटर फेला पारी सम्बन्धित धनीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै, प्रहरीले पुस १५ गते हेटौंडा–४ कपुर कम्प्लेक्स अगाडि पार्किङ गरी राखेको रामकुमार मोक्तानको हराएको नयाँ (अन्टेष्ट) अस्थाई नं. बा.प्र.०२–०३७ प ५७३९ नम्वरको २०० सीसीको पल्सर मोटरसाइकल फेला पारी सम्बन्धीत धनीलाई बुझाइएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, उक्त मोटरसाइकल र स्कुटर हराएको भनि परेको निवेदनका आधारमा खटिएको प्रहरी टोलीले फेला पारी सोमबार सम्बन्धित धनीलाई बुझाइएको हो ।
