प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे ओली

तु खबर संवाददाता
२०७९ पुष १९, मंगलवार १७:५४
file-photo

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न बालुवाटार पुगेका छन् ।

मंगलबार साँझ भएको भेटमा ओली र प्रचण्डबीच बालुवाटारमा समसामयिक राजनीति, सभामुखको निर्वाचन, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल हुने बताइएको छ ।