बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

तु खबर संवाददाता
२०७९ पुष २०,बुधबार १७:३०
file-photo

काठमाडौं । सत्ता गठबन्धनको बैठक हाल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक केहीबेर अघि सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र रास्वपा अध्यक्ष रवि लामिछाने सहभागी रहेका छन् ।

बैठकमा विष्णु पौडेल संयोजकत्वको कार्यदलले तयार पारेको सरकारको न्युनतम् साझा कार्यक्रमबारे छलफल हुने जनाइएको छ ।