हेटौंडामा पुस २९ गतेबाट जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने

तु खबर संवाददाता
२०७९ पुष २०, बुधबार १८:०७

मकवानपुर । हेटौंडामा यही पुस २९ गतेबाट जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोट्स एकेडेमीको आयोजना तथा हेटौंडा उपमहानगरपालिका–४ को प्रायोजकमा उक्त प्रतियोगिता हुने भएको हो ।

बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै एकेडेमीका खेल संयोजक राजाराम पोखरेलले सो बारे जानकारी गराएका हुन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र, द्वितिय हुने टिमले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र र तृतिय हुने टिमले नगद ५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने एकेडेमीका खेल संयोजक पोखरेलले जानकारी दिए ।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ३ हजार रुपैयाँ रहेको छ भने उत्कृष्ट सेटर र उत्कृष्ट स्पाइकरलाई समान २÷२ हजार रहेको छ भने अनुशासित टिमलाई बल र नेट समेत प्रदान गरिनेछ । प्रतियोगिता हेटौंडा–४, हुप्रचौरको भलिबल कोर्टमा हुनेछ ।

शिक्षकहरुको सहभागिता रहने प्रतियोगितामा टिम इन्ट्री २ हजार रुपैयाँ रहेको छ ।