प्रदेश प्रमुखद्वारा बागमतीमा मुख्यमन्त्री नियुक्तिका लागि आह्वान
हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका छन् । आज एक विज्ञप्ती जारी गरी प्रदेश प्रमुख शर्माले पुस २५ गते दिउँसो ४ बजेभित्र मु्ख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नु भएको हो ।
बागमती प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकोले दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि दावी पेश गर्न आह्वान भएको हो । अब बहुमत पु¥याउन सक्ने प्रदेशसभा सदस्यले प्रदेश प्रमुख समक्ष दावी पेश गर्नुपर्नेछ ।
प्रदेशसभामा कुनै एक दलको मात्रै बहुमत भए उपधारा १ बमोजिम मुख्यमन्त्री नियुक्त गर्न लागि आह्वान हुने थियो । तर, प्रदेशसभामा कुनै पनि दलको बहुमत भएकाले धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान भएको हो ।
