हेटौंडामा सोनाम ल्होछार साँस्कृतिक महोत्सव हुने
मकवानपुर । तामाङ समुदायको राष्ट्रिय पर्व २८५९ ह्योई÷तावार ल्हो (बिरालो वर्ष) सोनाम ल्होछारको अवसरमा हेटौंडामा सोनाम ल्होछार साँस्कृतिक महोत्सव हुने भएको छ ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुर र मकवानपुर तामाङ कलाकार संघको संयुक्त आयोजनामा आगामी माघ ७ र ८ गते दुई दिन हेटौंडामा सोना ल्होछार साँस्कृतिक महोत्सव हुने भएको हो । सो बारे बुधबार हेटौंडामा पत्रकार सम्मेलनको ओजना गरी जानकारी गराएको हो ।
हेटौडा उपमहानगरपालिका १० स्थित टिसिएन चौरमा हुने कार्यक्रम सफल बनाउन विभिन्न ९ उपसमितिहरु गठन गरिएको छ । आर्थिक समितिको संयोजकमा शुरेस लामा, प्रचार–प्रसार उपसमितिमा आत्माराम मोक्तान, मन्च व्यबस्थापनमा सानु लामा दोङ, अतिथि सत्कारमा माया घलान, कलाकार व्यबस्थापन उपसमितिमा बिक्रम लुङ्गबा, स्वयंम सेवक संयोजकमा सबिन मोक्तान, मायाको चिनो ब्यबस्थापनमा रबिन्द्र थिङ, झाँकी ब्यबस्थापनमा पाल्साङ लामा, र स्टल व्यबस्थापनमा सुभाष लामा रहेको छ ।
महोत्सवमा तामाङको मौलिक भेषभुषासहित लामा, बोन्पो (झाक्री), ताम्बा, डम्फुरेको झाँक्री प्रदर्शन, भेषभूषा र मौलिक खानाका स्टलहरु रहने आयोजकले जनाएको छ ।
त्यस्तै, कलाकार संघबाट भाग्यशाली उपहार कार्यक्रम राखेको छ । उपहारमा प्रथम हुनेलाई ४३’ इन्चको टिभि, दित्तीयलाई फ्रिज, तृतीयलाई २५ लिटरको गिजर र सान्त्वना ५ जनालाई हिटर जग रहेको छ ।
