१३ वर्षीया बालिकालाई करणीको आरोपमा युवक पक्राउ

तु खबर संवाददाता
२०७९ पुष २२, शुक्रबार १६:२३
file-photo

दाङ । दाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बिहीबार राति एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमही नगरपालिका–९ बस्ने २२ वर्षीय अनोवर कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनलाई उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।

प्रहरीका अनुसार, पक्राउ परेका यादवले ती बालिकालाई सोही नगरपालिका–९ स्थित भडरकुण्डीको जंगलमा जबरजस्ती करणी गरेका थिए ।