मधेश प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठन गर्न आह्वान
जनकपुरधाम । मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठन गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख मिश्रले यही २८ गते दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।
मधेश प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।
मधेश प्रदेशसभामा नेकपा एमाले २३, नेपाली कांग्रेस २२, जसपा १६, जनमत १३, लोसपा र माओवादी केन्द्र ९–९, एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादी १(१ र पाँच स्वतन्त्र गरी १०७ जना सांसद रहेका छन् ।
