समाचार

प्रधानमन्त्री प्रचण्डले मंगलबार निर्देशनात्मक सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन मंगलबार निर्देशनात्मक सम्बोधन गर्ने भएको छ । प्रधानमन्त्री पदमा नियुक्त भएपछि पहिलो पटक सरकारको काम कारबाही प्रभावकारी बनाउन सरकारका सचिवसँग उनले सोमबार छलफल गरेका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार, प्रधानमन्त्री दाहालले सचिवका कार्यविवरण सुनिसकेपछि...

निर्वाचन आयोग : माघ २५ मा राष्ट्रियसभा सदस्यको चुनाव गर्न प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको चुनाव आगामी माघ २५ गते गर्न सरकारलाई प्रस्ताव गरेको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री विष्णु पौडेलसँगको छलफलमा यो प्रस्ताव गरेका हुन् । गत मंसिर ४ को निर्वाचनअघि लुम्बिनीबाट निर्वाचित राष्ट्रिय...

प्रदेशसभा बैठकको अध्यक्षता गर्न ५ जना सदस्य मनोनित

मकवानपुर । बागमती प्रदेशसभाको नियमित बैठक संचालनको क्रममा सभामुख र उपसभामुख अनुपस्थित रहँदा बैठक संचालनको अध्यक्षता गर्न लागि विभिन्न दलकोे ५ जना सदस्य मनोनयन गरिएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको आज बसेको पहिलो बैठकले उनीहरुको नाम मनोनयन गरेको हो । उक्त अध्यक्षता गर्ने सदस्यहरुमा क्रमशः प्रदेशसभाका सदस्य उर्मिला नेपाल...

बागमती प्रदेशसभा बैठक : विभिन्न ५ वटा अध्यादेश प्रस्तुत

मकवानपुर । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक आज बसेको छ । अपराह्न बसेको प्रदेशसभा बैठकमा विभिन्न ५ वटा अध्यादेश प्रस्तुत गरिएको छ । बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको तर्फबाट आन्तरिक मामिला तथा काकूमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाको शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश...

बागमती प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचन पुस २९ गते

मकवानपुर । बागमती प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचन यही पुस २९ गते हुने भएको छ । प्रदेशसभाको आज बसेको दोस्रो कार्यकालको पहिलो बैठकले प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचनको लागि समय घोषणा गरेको हो । बैठकमा ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले आज बिहान बसेको सर्वदलीय बैठकको निर्णय अनुसार, सभामुख र उपसभामुखको...

प्रधानमन्त्री प्रचण्डलले पुस २६ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले संघीय संसद्का महासचिवलाई पत्र लेख्दै त्यसको व्यवस्था मिलाउन आग्रह गरेका छन् । संघीय संसद्को पहिलो बैठक पुस २५ गते बोलाइएको छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट नेपालको संविधानको धारा...

सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक आज बस्दै

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक आज बस्दैछ । प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा पहिलो बैठक बस्ने भएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए । उनका अनुसार, प्रदेशसभा नियमावली अनुसार ज्येष्ठ सदस्य रावलले सभामुखको हैसियतमा अध्यक्षता ग्रहण गर्ने र बैठकमा प्रदेश प्रमुख देवराज जोशीबाट प्रदेश सभाको...

प्रधानमन्त्रीले बोलाए मन्त्रालयका सचिवहरूको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन् । उनले बिहान ११ बजे सिंहदरबारमा मन्त्रालयका सचिवहरुको बैठक बोलाएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, सो बैठकमा मन्त्रालयहरुको अवस्थाबारे जानकारी लिने र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी छलफल हुनेछ । पुस...

हेटौंडामा दुर्घटना हुँदा दुई जना घाइते

मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ रंगशालास्थित गएराति सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । हर्नामाडिबाट चौघडातर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ प १०९३ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक...

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्ली चौधरी

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्ली चौधरी चयन भएका छन् । आइतबार बिहान चौधरीलाई  सर्वसम्मत रुपमा दलको नेता चयन गरिएको कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले जानकारी दिए । दाङ क्षेत्र नम्वर ३ (१) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी हाल पर्यटन, ग्रामिण तथा...