मकवानपुरका एक पुरुष मृत अवस्थामा फेला

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । बकैया गाउँपालिका वडा नम्वर ६ पाङग्रे खोला बस्ने चन्द्रबहादुर कामी आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
५६ वर्षीय कामी स्थानीय शिलादेबी सामुदायीक वन छेउको खोल्सा नजिक रहेको आफ्नै घरबाट अन्दाजी २०० मिटर दक्षिणतर्फ रहेको बाँसमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
हाल घटनास्थललाई अस्थायी प्रहरी गरगरेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोलीले सुरक्षित राखिएको र मुचुल्का लगायत अन्य अनुसन्धान कार्यको लागि इलाका प्रहरी कार्यालय फापरबारीको टोली जाँदै गरेको प्रहरीले जनाएको छ ।