हेटौंडामा सवारी दुर्घटना हुँदा एक जना घाइते

तु खबर संवाददाता
२०७९ पुष २५, सोमबार १०:३०
File Photo

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ गोदाबारी  फ्याक्ट्री अगाडि आज बिहान सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

बिहान ८ बजेर २० मिनेटको समयमा बिरगंजबाट पोखरातर्फ आउँदै गरेको ग २ ख ६९२ नम्वरको बसले अर्को सवारी साधनलाई ओभरटेक गर्ने क्रममा बिपरित दिशाबाट जाँदै गरेको ना ६५ प ४२४६ नम्बरको मोटरसाइकल बचाउने क्रममा आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा मोटरासइकल चाकल चितवन राप्ती नगरपालिका–२, गड्यौली बस्ने २९ वर्षीय सुमन ठकुरी रहेका छन् । शरिरको विभिन्न भागमा चोट लागी घाइते भएका ठकुरीलाई उपचारको चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । ्

प्रहरीले मोटरसाइकल, बस र बस चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।