चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा पुनः खड्का

तु खबर संवाददाता
२०७९ पुष २५, सोमबार १५:४३

मकवानपुर । चलचित्र पत्रकार संघ नेपाल मकवानपुरको अध्यक्षमा पुनः कपिल खड्का चयन भएका छन् । संघको सोमबार बिहान हेटौंडामा सम्पन्न १३ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः खड्का चयन भएका हुन् ।

यस्तै, संघको उपाध्यक्षमा श्रीराम अर्जुन, सचिवमा रविन्द्र गौतम र कोषाध्यक्षमा मनोज देवकोटा चयन भएका छन् ।

यसैगरी, सह–सचिवमा दीपेश दाहाल, सदस्यहरुमा क्रमशः दर्शन क्षेत्री, मञ्जु मैनाली, सन्नु रिजाल र प्रवेश धिताल चयन भएका छन् ।