प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लिए शपथ
विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
नवनियुक्त मुख्यमन्त्री कार्कीले सोमबार नै आफ्नो मन्त्रिपरिषदमा ३ सदस्य नियुक्त गरेका छन् । नवनियुक्त ३ मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरुमा तिलकुमार मेयाङ्बो, भक्तिप्रसाद सिटौला र निर्मला लिम्बू रहेका छन् ।
