खानेपानी संस्थानको विज्ञापनको नतिजा १२ वर्षपछि आज सार्वजनिक
काठमाडौं । नेपाल खानेपानी संस्थानको एक विज्ञापनको नतिजा १२ वर्षपछि आज सार्वजनिक भएको छ । २०६७ सालको विज्ञापनको नतिजा सार्वजनिक भएको हो ।
सर्वोच्च अदालतको स्टेअर्डर भएर रोकिएको नतिजा दुई वर्ष अघि फुकुवा भएको थियो । त्यसको अन्तिम नतिजा आज सार्वजनिक भएको संस्थानले जनाएको छ ।

